'हिजोका दिनमा विरोधीहरुलाई छान्दैछान्दै सखाप पार्न खोज्नेहरुलाई भन्न चाहन्छौं, हामी इतिहास पढ्ने होइन इतिहास लेख्ने मान्छै हौं ।
काठमाडौँ — रास्वपा सभापती रवि लामीछानेले जेन-जी आन्दोलनमा बच्चाहरुलाइ गोली ठोकेको सरकारले देश र मधेशलाइ गरेको अन्यायको हिसाब गरिने बताएका छन् ।
बालेन्द्र शाहसहित मधेश पुगेका लामिछानेले आफूलाई छलछाम गरेर संसद्बाट निकालिएको पनि दाबी गरे । उनले भने, 'पहिले सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद् छिरेको थिएँ । अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु ।'
उनले बालेनसँग सम्झौता गर्नुअघि भएको कुराकानीको प्रसंग पनि सुनाए । उनले बालेन र आफुबिच भेटघाट भएको भोलीपल्ट उज्यालो घाम लागेको अनुभव सुनाए । उनले उक्त कुराकानीको क्रममा बालेन र आफुले एक अर्कालाइ सपना सुनाएको पनि बताए । उनले भने, 'हाम्रो वार्ता ५ मिनेटमा सकिएको थियो ।' उनले अब नेपालले यो गरिबी र विभेद सहनुनपर्ने र सहन नसक्ने बताए ।
उनले बालेनसँग सम्झौता गरेको भोलीपल्ट आमाको तस्विर हेरेर बालेनले देश बनाउने र हाम्रो सपना पुरा गर्ने बताएको सुनाए । उनले भने, 'कुनै पनि बच्चालाइ गोली ठोकेर हेलीकप्टरमा भागेको सरकारले लगाएको मुद्दाले मलाइ कुनैदिन जेल पुर्याउँछ । तर मलाइ कुनै प्रवाह छैन् । किनकी देशले बालेन पाएको छ ।'
लामिछानेले कोही मधेशबादी र कोही हिमालवादी नभएको बताउँदै भने, 'यहाँ कोही मधेशवादी छैन् । सबै नेपालवादी हुन् ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पहिलो पटक आफूले अब बोल्नु नपर्ने महसुस भएको बताएका छन् । उनले भने, '‘मेरो घरको भित्तामा कुनै झोलामा संसारकै सबैभन्दा लामो टक शो चलाएर बोलेर आर्जन गरेको एउटा विश्व रेकर्ड छ । तर मलाई त्यसको पनि केही काम छैन । अब बोल्नु पर्दैन ।’
रास्वपाले यसअघि मधेशमा उन्नत बिउ रोपेर गएको भन्दै अब सपना पूरा भएको दाबी गरे । ‘हामीलाई धेरैले भने मधेशमा त धेरै भोट ल्याउनुभएन । मधेशका जनताले त तपाईंलाई माया गर्दैनन् भनेर धेरैले भनेका थिए । तर मलाई थाहा थियो कि मधेशले माया गर्छ । त्यसैले त मधेशले उन्नत बिउ रोपेको थियो त्यो बिउ आज हुर्केर बढेर फल लागेर लहलह भएको छ,’ उनले भने, ‘आजको उपस्थिति तयो हिजो रोपेको बिउ हो । यो बिउ मात्र हैन तपाईंका तमाम आँखामा देखेका सपना हो । यो सपनालाई अपदस्थ भएका मानिसहरूले खोसेका थिए लुकाएका थिए । अब त्यो सपना खोसेर लिन्छ मधेशले ।’ उनले थपे, 'मधेशमा देर आई दुरुस्त आई ।'
जसलाई जनताले लखेटेर भगाए तिनीहरुको आलोचना गर्नु आवश्यक नरहेको उनले बताए ।'हामीले कसैलाई देश छाड भन्नुपर्दैन । देश छाडेकाहरुलाई फर्काउनतिर लागौं,' उनले भने, 'हिजोका दिनमा विरोधीहरुलाई छान्दैछान्दै सखाप पार्न खोज्नेहरुलाई भन्न चाहन्छौं, हामी इतिहास पढ्ने होइन इतिहास लेख्ने मान्छै हौं ।
