कांग्रेसले मोरङ ३ मा सुनिल शर्मालाई बनायो उम्मेदवार

कांग्रेस सभापति गगन थापाले मोरङ ३ बाट पार्टीको टिकट शर्मालाई दिएका हुन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress has nominated Sunil Sharma as its candidate in Morang 3.

काठमाडौँ — नेपाली कांग्रेसले मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा सुनिल शर्मालाई उम्मेदवार बनाएको छ । शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ ३ बाट सांसद बनेका थिए । 

कांग्रेस सभापति गगन थापाले मोरङ ३ बाट पार्टीको टिकट शर्मालाई दिएका हुन् । उनी मनोनयन दर्ता गर्नका लागि निर्वाचन क्षेत्र गइसकेका छन् । 

'मनोनयन दर्ताका लागि काठमाडौंबाट आफ्नै निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ३ बाट प्रस्थान गर्नुभएको छ,' शर्माको सचिवालयले भनेको छ । 

यो निर्वाचन क्षेत्रमा रास्वपाले गणेश कार्कीलाई उम्मेदवार बनाएको छ भने एमालेले दिलीप राईलाई उम्मेदवार बनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully