मधेशले नेता मात्र हैन, प्रधानमन्त्री पाउँदै छ : डीपी अर्याल

मधेशले नीति बनाउने नेता जन्माउन नसकेकाले मधेश शिक्षा, स्वास्थ्यमा आत्मनिर्भर हुन नसकेको उनको भनाइ छ ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Madhesh is getting not just a leader, but a Prime Minister: DP Aryal

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मधेशले नीति बनाउने नेता जन्माउन नसकेकाले मधेश शिक्षा, स्वास्थ्यमा आत्मनिर्भर हुन नसकेको बताएका छन् ।

जनकपुरमा भएको रास्वपाको सभामा उनले बालेनलाई लक्षित गर्दै भने, ‘मधेशले नीति बनाउने नेता जन्माउन नसकेको अनुभूति हामीलाई भएको छ । अब मधेशले एक जना मात्र हैन पूरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ ।’ आगामी फागुन २१ गते हुने निर्वाचनमा घण्टीमा मतदान गर्न उनले आग्रह समेत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully