दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए ।
गोरखा — नेपाली कांग्रेसले गोरखाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । गोरखा क्षेत्र नम्बर १ मा प्रेम खत्री र गोरखा–२ मा प्रकाशचन्द्र दुवाडीलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।
दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए ।
गोरखा–१ मा टिकट पाएका खत्री पर्यटन व्यवसायी पनि हुन् । उनी पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । गोरखा–२ मा टिकट पाएका दवाडी भने २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित बनेका थिए ।