रिट फिर्ता लिनेबारे खड्का र देउवाको सचिवालयको खण्डन 

संस्थापन पक्ष र नेता शेरबहादुर देउवापक्षबीच बिहान भएको छलफलमा सहमतिमै चुनावमा होमिने र अदालतमा परेको रिटसमेत फिर्ता लिनेबारे छलफल भएको थियो ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Khadka and Deuba's secretariats deny withdrawal of writ

काठमाडौँ — कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने समझदारी नभएको बताएका छन् ।

संस्थापन पक्ष र नेता शेरबहादुर देउवा पक्षबीच बिहान भएको छलफलमा सहमतिमै चुनावमा होमिने र अदालतमा परेको रिट समेत फिर्ता लिनेबारे छलफल भएको थियो । 

देउवा पक्षकै एक नेताका अनुसार सहमतिमा टिकट वितरण गर्ने र अदालतमा परेको रिट फिर्ता लिएर एक ढिक्काका साथ चुनावमा जानेबारे कुराकानी भएपछि टिकट वितरणमा प्रक्रियामा तीन पक्ष नै सहभागी भएको हो । 

तर, खड्काले अदालतमा दायर भएको गरेको रिट निवेदन फिर्ता लिने भन्ने समाचार गलत भएको बताएका छन् । त्यसैगरी पूर्व सभापति देउवाको सचिवालयलेसमेत रिट निवेदन फिर्ता लिनेबारे समाचारको खण्डन गरेको छ ।

‘रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही सञ्चारमाध्यमहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवाका स्वकीय भानु देउवाले भने, ‘उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ ।’

कान्तिपुर

Link copied successfully