जनकपुरमा बालेन्द्र र पारस शाह एउटै होटलमा 

'उहाँ (पारस शाह) ले निकै पहिले होटल बुक गर्नुभएको रहेछ, बालेन्द्र शाहसहितको समूहले हालै मात्र होटल बुक गरेको थियो,' एक सुरक्षा अधिकृतले भने ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Balendra and Paras Shah in the same hotel in Janakpur

जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनकपुरमा हुने सभाका लागि आएका बालेन्द्र शाह र पूर्वयुवराज पारस शाह आइतबार एउटै होटलमा बसेका छन् । 

सोल्टी समूहले व्यवस्थापन गरिरहेको होटल यात्री निवासमा उनीहरु बसेका हुन् । यद्यपि, शाहनिकट स्रोतले यसलाई संयोग मात्र भनेको छ । 

सुरक्षा स्रोतका अनुसार, पूर्वयुवराज शाह पारिवारिक कामको सिलसिला भन्दै जनकपुर आएका हुन् । 'उहाँले निकै पहिले होटल बुक गर्नुभएको रहेछ, बालेन्द्र शाहसहितको समूहले हालै मात्र होटल बुक गरेको थियो,' एक सुरक्षा अधिकृतले भने । 

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर आइतबार बालेन्द्र रास्वपाको पार्टी कार्यालय पुगेका थिए । त्यसपछि जनकपुरमा आयोजना हुने सभाका लागि उनी आएका थिए । 

बालेन्द्र सोमबार बिहान लहान पुगेर एक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दिउँसो १ बजे उनी फेरि जनकपुरमा आएर सम्बोधन गर्ने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully