देउवा-कोइरालासँग छलफल गरेर पार्टीलाई एकढिक्का बनाएर चुनावमा जान्छौं : उपसभापति भुसाल

सभापति गगन थापाले देउवासँग छलफल गर्ने र सबैलाई एकढिक्का बनाएर लैजानका लागि दौडधुप गरिरहेको उनको भनाइ छ ।

माघ ४, २०८२

वीरेन्द्र केसी

We will hold discussions with Deuba-Koirala and unite the party and go to the elections: Deputy Chairman Bhusal

अर्घाखाँची — कांग्रेस उपसभापति पुष्पा भुसालले उम्मेदवार मनोनयनअघि पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइरालालगायत पार्टीका अग्रज नेतालाई मिलाएरै लैजाने बताएकी छन् ।

सभापति गगन थापाले देउवासँग छलफल गर्ने र सबैलाई एकढिक्का बनाएर लैजानका लागि दौडधुप गरिरहेको उनको भनाइ छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ ६ गते उम्मेदवार मनोनयन दर्ता गर्ने मिति तोकेको छ ।

'आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई वैधानिकता दिएपछि अब आधिकारिकताको कुरा सक्कियो,' भुसालले कान्तिपुरसँग भनिन्, 'पहिलो चरणमा पार्टीलाई मिलाउँछौं । देउवा, शेखर सहतिका नेताहरुसँग छलफल गरेर सबैलाई एकमत बनाउँछौं र उम्मेदवार छनोट गर्छौं । सबैलाई समान हिसाबले एकताबद्ध बनाउने गृहकार्यमा लागेका छौं ।’

निर्वाचन आयोगले आधिकारिकता दिएपछि यसलाई सबैलाई मान्नुपर्ने र पार्टी विभाजनको रुपमा हेर्न नहुने उनको तर्क छ । पार्टीभित्र गुटको अन्त्य भएकाले सबै निर्वाचन क्षेत्रमा जित्ने उम्मेदवार छनोट गरेर चुनावी प्रतिस्पर्धामा उत्रिनुपर्ने उनको भनाइ छ ।

वीरेन्द्र

Link copied successfully