अमेरिकाका लागि पूर्वराजदूत र हाल हिमालयन आयुर्वेदिक विश्व विद्यालयका अध्यक्षसमेत रहेका उनी कूटनीतिमा दक्खल राख्ने अनुभवी व्यक्तित्व मानिन्छन्।
संखुवासभा — नेकपा (एमाले) ले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि संखुवासभाबाट डा. अर्जुन कार्कीलाई उम्मेदवार बनाएको छ। लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय डा. कार्कीलाई शनिबार सम्पन्न एमाले सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो।
अमेरिकाका लागि पूर्वराजदूत र हाल हिमालयन आयुर्वेदिक विश्व विद्यालयका अध्यक्षसमेत रहेका उनी कूटनीतिमा दक्खल राख्ने अनुभवी व्यक्तित्व मानिन्छन्। उनले आफ्नो जीवन विकास र समृद्धिको क्षेत्रमा समर्पण गर्दै आएको बताए।
संखुवासभा खाँदबारी–९, तुम्लिङटार निवासी डा. कार्कीले जिल्लाको सम्भावना, आवश्यकता र चुनौतीलाई नजिकबाट बुझ्दै आएको दाबी पनि गरेका छन्।
एमालेले डा. कार्कीलाई उम्मेदवार बनाउनु संखुवासभाको विकासलाई नयाँ गति दिने निर्णय भएको पार्टी नेताहरूको भनाइ छ।
