काठमाडौं २ छोडेर चितवन ३ मा जाँदै रास्वपाकी सोविता गौतम

गौतमले छोडेको काठमाडौं-२ मा पार्टी सहमहामन्त्री विपिन आचार्य उम्मेदवार बन्दै

माघ ४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचन २०७९ मा रास्वपाले काठमाडौंका चार निर्वाचन क्षेत्रमा जितेको थियो।

जसमध्ये काठमाडौं-२ बाहेकका तीन निर्वाचन क्षेत्रमा यसअघि जितेका नेता नै रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएको छ। काठमाडौं २ मा सोबिता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले त्यतिबेला चुनाव जितेका थिए।

रास्वपाले यसपटकको उम्मेदवार चयनको कार्यविधिमा लेखेको छ, ०७९ को चुनावमा जितेका नेता सोही क्षेत्रमा उम्मेदवार बन्ने। यही नीतिअनुसार रास्वपाले जितेका उम्मेदवारहरु दोहोर्याउने भएको हो। काठमाडौं २ मा चुनाव जितेकी सोबिता गौतम भने यसपल्ट नदोहोरिने पक्का पक्की भएको छ। टिकट वितरणको काममा लागेका रास्वपा नेताहरूले दिएको जानकारी अनुसार सोबिताले चुनाव जितेको क्षेत्रमा सहमहामन्त्री विपिन आचार्यलाई उम्मेदवार बनाइने भएको छ।

गौतम भने चितवन निर्वाचन क्षेत्र ३ बाट उम्मेदवार बन्ने भएकी छन्। चितवन-३ गौतमको घर भएको निर्वाचन क्षेत्र हो ।

चितवन १ बाट रास्वपाका हरि ढकाल र चितवन २ बाट सभापति रवि लामिछाने उम्मेदवार बन्ने निश्चित भएको छ।

सम्बन्धित समाचार

रास्वपाबाट ललितपुर-३ मा तोसिमा कार्की उम्मेदवार

कान्तिपुर

Link copied successfully