निर्वाचन आचारसंहिताबारे प्रधानमन्त्री, मन्त्री र आयोगको टोलीबीच बालुवाटारमा छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीसहित आयोगको टोली आचारसंहिताबारे छलफलमा जुटेको हो । आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Prime Minister, ministers, and commission team hold discussion on election code of conduct in Baluwatar

काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिताबारे सरकार र निर्वाचन आयोगबीच छलफल भइरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीसहित आयोगको टोली आचारसंहिताबारे छलफलमा जुटेको हो । आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्दैछ । 

आइतबार आयोगको कार्यालयमा बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आयोगले उम्मेदवार दर्ताको मिति पर्सि ६ गतेलाई तोकेको छ ।

कान्तिपुर

Link copied successfully