डडेल्धुराबाट नेकपाले दियो मानसिंहलाई टिकट

डडेल्धुरामा संगठन मजबुत बनाउन र जनताको मुद्दा संसद्‍मा उठाउन सक्ने उम्मेदवारका रूपमा माललाई अघि सारिएको नेकपाको दाबी ।

माघ ४, २०८२

तर्कराज भट्ट

NCP gives ticket to Mansingh from Dadeldhura

डडेल्धुरा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सदस्य मानसिंह माल ‘क्रान्ति’लाई आधिकारिक उम्मेदवार बनाएको छ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा रहेका माललाई पार्टीले  क्षमतावान् भएका नेताका रूपमा टिकट दिएको जनाएको छ। पार्टीका अनुसार डडेल्धुरामा संगठन मजबुत बनाउन र जनताको मुद्दा संसद्‍मा उठाउन सक्ने उम्मेदवारका रूपमा माललाई अघि सारिएको हो।

यसअघि नेकपा डडेल्धुराले मालसहित महिलातर्फ निरादेवी जैरु, अन्यतर्फ अनिल बोहरा तथा जेनजीतर्फ मुकुन्द भट्टको नाम सर्वसम्मत रूपमा केन्द्रमा सिफारिस गरेको थियो। तीमध्ये प्रतिनिधिसभातर्फ माललाई अन्ततः आधिकारिक टिकट दिइएको हो।

तर्कराज

Link copied successfully