सिन्धुपाल्चोक-१ को टिकट माधवलाई दिँदै दाहालले भने - तपाईंले जित्नुहुन्छ भन्ने पूरै विश्वास छ

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक-१ मा कांग्रेस-माओवादी गठबन्धनबाट सापकोटाले नै जितेका थिए।

माघ ४, २०८२

जयसिंह महरा

Giving the Sindhupalchowk-1 ticket to Madhav, Dahal said - I have full confidence that you will win.

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ बाट निवर्तमान सांसद माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहालले सापकोटालाई सिन्धुपाल्चोक-१ को टिकट दिएका छन् । 

आइतबार बिहान दाहालले सापकोटालाई ललितपुरस्थित आफ्नो निवासमा बोलाएर टिकट हस्तान्तरण गरेका हुन् । टिकट हस्तान्तरण गरेपछि दाहालले भनेका थिए, 'ल बधाई छ । सफलताको शुभकामना । तपाईंले जित्नुहुन्छ भन्ने पूरै विश्वास छ ।' 

सापकोटा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सिन्धुपाल्चोक-१ बाट नै निर्वाचित भएका थिए ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully