पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टिम जसपा नेपालमा प्रवेश

मधेश आन्दोलनबाट उदाएका नेता यादव, विक्रम यादव र विजय यादवसहित दर्जनौं नेता–कार्यकर्ताले उपेन्द्र यादवको उपस्थितिमा जसपा नेपालमा औपचारिक प्रवेश गरे।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Former minister and NCP leader Rameshwor Raya's team enters JSP Nepal

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराएका हुन्।

मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं. ३ चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गरेका छन्।

कान्तिपुर

Link copied successfully