निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको बन्दसूची

आयोगले सार्वजनिक गरेको विवरणमा ५७ निर्वाचन चिह्न र ६३ राजनीतिक दलबाट ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख गरेको छ ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Election Commission releases closed list for proportional representation

काठमाडौँ — निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पुस १४ गते बुझाइएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा २५ अनुसार यस्तो विवरण सार्वजनिक गरेको जनाएको छ ।

आयोगले सार्वजनिक गरेको विवरणमा ५७ निर्वाचन चिह्न र ६३ राजनीतिक दलबाट ३ हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख गरेको छ । 

आयोगले उम्मेदवारको सूचीमा दाबी विरोध गर्न चाहनेले माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न सक्ने आयोगको सूचनामा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully