काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन

आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Balen resigns as mayor of Kathmandu

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन्। उनले आजै राजीनामा दिने र दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ। 

आगामी फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।  दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। 'प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज पनि केन्द्रीय समिति बैठक बस्दैछ। आजको बैठकमा काठमाडौँको मेयरबाट राजीनामा दिएर वरिष्ठ नेता बालेन शाह पनि सहभागी हुनुहुनेछ,' उनले भने। 

०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर बनेका बालेन यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्दैछन्। 

केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम रहेको छ।

कान्तिपुर

Link copied successfully