घण्टीघरबाट १० मिनेटमै निस्किए बालेन

३ बजेर ४३ मिनेटमा रास्वपा केन्द्रीय कार्यालय प्रवेश गरेका बालेन्द्र शाह ३ बजेर ५३ मिनेटमा बाहिरिएका हुन्।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Balen left the bell tower within 10 minutes.

काठमाडौँ — रास्वपा पार्टी कार्यालय पुगेका रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाह केन्द्रीय कार्यालय पुगेको १० मिनेटमै बाहिरिएका छन्।

३ बजेर ४३ मिनेटमा रास्वपा केन्द्रीय कार्यालय प्रवेश गरेका बालेन्द्र शाह ३ बजेर ५३ मिनेटमा बाहिरिएका हुन्।

आजै रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम पनि छ । बैठकपछि पार्टी सभापति रवि लामिछानेसँगै शाह र अन्य नेताहरू साँझ ५ बजे जनकपुरमा आयोजना गर्न लागिएको चुनावी कार्यक्रमका लागि जाने तयारीमा छन्।

रास्वपा र शाहबीच पुस १३ गते ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार शाह आगामी निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख थियो।

 

कान्तिपुर

Link copied successfully