समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए ।
काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २१३ उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्णय गरेसँगै २ सय ११ जनाको नाम काटिएको छ ।
समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए । पेस गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेस गरेको र उम्मेदवार आफैंले फिर्ता लिएको गरेर २ सय ११ जनाको नाम हटेको हो ।
यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
