आजको बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनेछ ।
काठमाडौँ — एमाले पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ ।
आजको बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनेछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंगलबारसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गरिसक्नुपर्नेछ । सोहीअनुसार एमाले उम्मेदवारको नाम टुंग्याउन जुटेको हो ।