जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाका अनुसार पूर्वी नवलपरासी–२ बाट गणेशमान महतोको एकल नाम र क्षेत्र नम्बर १ बाट २७ वर्षीया अनु न्यौपाने र लोकप्रसाद भूर्तेलको नाम सिफारिस भएको छ ।
नवलपरासी — पूर्वी नवलपरासीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाका अनुसार दुई क्षेत्र रहेको पूर्वी नवलपरासी–२ बाट गणेशमान महतोको एकल नाममा सहमति भएको छ भने क्षेत्र नम्बर १ बाट २७ वर्षीया अनु न्यौपाने र लोकप्रसाद भूर्तेलको नाम सिफारिस भएको छ ।
यसअघि दुवै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिवाट चार/चार जनाको नाम सिफारिस भएकामा शनिबार अन्य उम्मेदवारले आफ्नो नाम फिर्ता लिएपछि उनीहरूको नाममा सहमति भएको इन्चार्ज सापकोटाले जानकारी दिए ।
२ वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा यसअघि २०७९ सालको निर्वाचनमा दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो ।
