कांग्रेसमा परिवर्तन आएको छ, पार्टी फुटेजस्तो फिल भएको छैन : सुजाता कोइराला

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनले पार्टी विभाजन नभई नयाँ नेतृत्व आएकाले खुसीसाथ स्वीकार गर्नुपर्ने बताएकी छन् ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

There has been a change in the Congress, it does not feel like the party has split: Sujata Koirala

काठमाडौँ — कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै नेता सुजाता कोइरालाले परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् ।

उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । 

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको उनको भनाइ छ ।

'देशमा धेरै परिवर्तन आइरहेको छ । हामीले परिवर्तनसित डराउनु हुँदैन । अहिले युवाले नेपाली समाजले परिवर्तन चाहेको छ । परिवर्तनलाई खुसी भएर हामीले अँगालो मार्नुपर्छ,' उनले भनेकी छन्, 'कांग्रेसमा परिवर्तन आएको छ । परिवर्तन देखिएको छ । पार्टी फुटेको जस्तो मलाई फिल भएको छैन । नयाँ सभापति आउनुभएको छ । अलि छिटो आउनुभयो त्यत्ति मात्र फरक हो । नयाँ सभापति गगन थापालाई बधाई ।' 

थापाले नयाँ नेतृत्व आएको कुरालाई खुसी भएर स्वीकार्नुपर्ने बताएकी छन् । कानुनको व्याख्या धेरै नगरी परिवर्तन स्वीकार गर्न उनले आग्रह गरेकी छन् । बीपीको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनलाई मजबुत बनाएर जानुपर्ने उनको आग्रह छ । पार्टीको कार्यालय र झन्डा एउटै भएको बताउँदै उनले कांग्रेसलाई राम्रो बनाउन आग्रह गरेकी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully