झापा–५ मा श्रम संस्कृति पार्टीको उम्मेदवार समिर तामाङ, हर्क भन्छन्– ओली र बालेन दुवैलाई हराउँछौं

साम्पाङले कान्तिपुरसँग भने, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म आफैं झापा–५ गएर माटोका लागि मत माग्नेछु ।’

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Samir Tamang, candidate of Shram Sanskriti Party in Jhapa-5, says Hark – We will defeat both Oli and Balen

दमक (झापा) — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापा क्षेत्र नं. ५ मा समिर तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली लड्दै आएको यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता काठमाडौंका मेयर बालेन्द्र शाह पनि उम्मेदवार बन्दैछन् । 

यस्तोमा दुवैलाई हराउने गरी श्रम संस्कृति पार्टीले तामाङलाई उम्मेदवार बनाएको अध्यक्ष हर्क साम्पाङले बताए । तामाङ पार्टीका सहमहासचिवसमेत हुन् ।

‘म सुनसरीबाटै चुनाव लड्दैछु, ओली र बालेन्द्रलाई हराउन समिर तामाङ काफी छन्,’ साम्पाङले कान्तिपुरसँग भने, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म आफैं झापा–५ गएर माटोका लागि मत माग्नेछु ।’

उनले आफूले गएर एकपटक भाषण गरेलगत्तै माहोल आफूहरुको पक्षमा बन्नेसमेत सुनाए । विगतमा आफूले पनि धरानमा एक्लै चुनाव प्रचारमा निस्किएर जितेको पृष्ठभूमि भएको भन्दै उनले भने, ‘झापा–५ मा पनि हाम्रै जित हुने हो ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully