चुनावबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह पनि सहभागी हुने सम्भावना रहेको छ ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

RSP calls central committee meeting to discuss elections

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । 

रास्वपाले आइतबार २ बजेका लागि बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेको निर्देशन रहेको प्रवक्ता झाले उल्लेख गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह पनि सहभागी हुने सम्भावना रहेको छ । उनी रास्वपासँग एकता गरेर वरिष्ठ नेता भएपनि केन्द्रीय समिति बैठक वा पार्टीका कुनै पनि औपचारिक गतिविधिमा सहभागी छैनन् ।

शाह रास्वपाको तर्फबाट आगामी चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरी रास्वपाका गतिविधिमा संलग्न हुने तयारीमा रहेका छन् ।

कान्तिपुर

Link copied successfully