निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएलगत्तै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका थिए ।
काठमाडौँ — नेपाली कांग्रेसको विघटित केन्द्रीय समिति बैठकका लागि नेताहरु पार्टी मुख्यालय पुग्न थालेका छन् ।
शुक्रबार राति निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएलगत्तै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका थिए ।
बिहान ८ बजे बोलाइए पनि भरखरै नेताहरु सानेपा पुग्ने क्रम सुरु भएको छ ।
अहिले खड्कासहित रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता पुगेका छन् ।
