शेरबहादुर दाइमाथि आक्रमण हुँदा सबैभन्दा पहिले निन्दा गर्ने विश्वप्रकाश र म थियौँ : गगन थापा

'असोज ३ गतेको बैठकमा अब पार्टीको नेतृत्व फेर्नुपर्छ भन्ने विषय उठाएका थियौं । त्यसलाई साथीहरुले सभापति अस्वस्थ भएको बेलामा समवेदना नराख्ने भन्नुभयो । कोही बाहिर ननिस्केको बेलामा पार्टी कार्यालय पुग्ने, बाहिर आउने अथवा नागरिक अपिल गर्ने, सभापतिमाथि भएको आक्रमणको निन्दा गर्ने गर्‍यौं ।'

माघ २, २०८२

कान्तिपुर संवाददाता

When Sher Bahadur Dai was attacked, Bishwa Prakash and I were the first to condemn it: Gagan Thapa

काठमाडौँ — गत भदौ २४ गतेको प्रदर्शनमा सांघातिक हमलामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवामाथि भएको आक्रमण पछि सबैभन्दा पहिले निन्दा गर्ने आफू र विश्वप्रकाश शर्मा रहेको बताएका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिता दिने निर्णय गरेलगत्तै कांग्रेसका सभापति गगन थापाले कान्तिपुर मिडियाको पडकास्ट 'बियोन्ड दि हेडलाइन्स'मा कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानसँग कुराकानी गर्दै उक्त कुरा बताएका हुन् ।

भदौ २३ र २४ गतेको घटनापछि तत्कालीन सभापति कुन मनस्थितिमा हुनुहुन्थ्यो भन्ने चौहानको प्रश्नमा उनले देउवामाथि आक्रमण भएपछि नियमित टेलिफोन सम्पर्कमा रहेको र उनलाई पार्टी र राष्ट्रपतिसँग भएका कुराहरुबारे जानकारी गराएको बताए ।

'भोलिपल्ट शेरबहादुर दाइमाथि भएको आक्रमणमाथि भएको निन्दा गरेर सबैभन्दा पहिला विश्वप्रकाश र मैले वक्तव्य निकाल्यौं । लगातार सम्पर्कमा थियौं हामी । पार्टीका विषयमा र राष्ट्रपतिजीसँग भएका कुराहरुबारे जानकारी गरायौं । उहाँलाई अब तपाईं अलग रहनुपर्छ भन्यौं,' उनले भने, 'असोज ३ गतेको बैठकमा अब पार्टीको नेतृत्व फेर्नुपर्छ भन्ने विषय उठाएका थियौं । त्यसलाई साथीहरुले सभापति अस्वस्थ भएको बेलामा समवेदना नराख्ने भन्नुभयो । कोही बाहिर ननिस्केको बेलामा पार्टी कार्यालय पुग्ने, बाहिर आउने अथवा नागरिक अपिल गर्ने, सभापतिमाथि भएको आक्रमणको निन्दा गर्ने गर्‍यौं ।'

देउवा स्वास्थोपचार पछि नेपाल फर्किएर बिस्तारै भेटघाट सुरु गरेको बताउँदै देउवामाथि भएको सांघातिक हमला भएको घटनाले इमोसनल बनाएको बताएका छन् । 'त्यो उमेरको मान्छे जुन घटना भयो । त्यसले इमोसनल बनाएको थियो,' उनले भने । आफ्नो घर परिवारमा समेत असर परेको उनले बताए ।

कान्तिपुर

Link copied successfully