कान्तिपुरसँग कुराकानी गर्दै उनले अब आफूहरुले झन् जिम्मेवार भएर सबैलाई समेटेर अघि बढ्ने दाबी गरे ।
काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले अब पार्टीमा कुनै गुट वा कसैको मान्छे नहुने दाबी गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै उनले अब आफूहरुले झन् जिम्मेवार भएर सबैलाई समेटेर अघि बढ्ने दाबी गरे ।
उनले निर्वाचन आयोगले विधान र विधिलाई मानेर विशेष महाधिवेशनलाई मान्यता दिएको दाबी गरे । उनले विधि र विधानभन्दा कोही ठूलो नभएकाले संवैधानिक निकायले स्वीकार गरेको रुपमा आफूहरुले लिएको बताए । उनले सबै मिलेर जाने र पार्टी सभापति रहेका शेरबहादुर देउवालाई पनि सम्मानित रुपमा हातेमालो गरेर अघि बढ्ने बताए । उनले आफूहरुले कुनै पक्ष भनेर भेद्भाव नगर्ने स्पष्ट पारे । उनले निर्वाचन आयोग र सर्वोच्च अदालत पनि संवैधानिक निकाय भएकाले सदर गर्ने दाबी गरे । उनले वरिष्ठ नेताहरु हिजो पनि सम्मानित भएको र आज पनि भएको भन्दै आजको निर्णयले झन् जिम्मेवार बनाएको रुपमा लिएको बताए ।
उनले विगतमा तर्क-वितर्क भए होला तर कुरा गरेर सँगै अघि बढ्ने बताए । आगामी निर्वाचनमा टिकट वितरणदेखि अन्य कुनै पनि जिम्मेवारीमा कसैलाई पनि पूर्वाग्रह नराख्ने उनको भनाइ छ । उनले भने, 'मेरो र तेरो नभनी अब २०१५ सालको नेपाली कांग्रेसको अवस्थामा पुर्याउनेछौं । सबैसँग हातेमालो र कुराकानी गर्न हामी तयार छौं ।'
उनले पार्टी एक भएर जाने पनि दाबी गरे ।
