एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्नेछ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

UML calls central secretariat meeting

काठमाडौँ — एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । 

एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउनेछ । एमालेले एक महिलासहित कम्तिमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । 

कान्तिपुर

Link copied successfully