देउवा पक्षका कार्यवाहक सभापति खड्काले पार्टीमा विकसित घटनाक्रमका विषयमा स्पष्ट पार्ने र चुनावको तयारीका विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन बोलाएका हुन्।
काठमाडौँ — नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन बोलाएका छन्। खड्काले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन्।
पार्टीमा विकसित घटनाक्रमका विषयमा स्पष्ट पार्ने र चुनावको तयारीका विषयमा जानकारी दिने उद्देश्यले कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
त्यसअघि खड्कासहित देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्।
