गगन पक्ष आयोगमा छलफल गर्दै, देउवा पक्ष आयोग जाँदै

आयोगमा विशेष महाधवेशनबाट निर्वाचित भएको समूह पुगेर आयोगका पदाधिकारीसँग छलफल गरिरहेको छ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Gagan's side is discussing with the commission, Deuba's side is going to the commission.

काठमाडौँ — नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्ष पनि निर्वाचन आयोग जाने भएको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय कार्यालय, सानेपाबाट निर्वाचन आयोगतिर जान लागेका हुन् ।

आयोगमा विशेष महाधवेशनबाट निर्वाचित भएको समूह पुगेर आयोगका पदाधिकारीसँग छलफल गरिरहेको छ ।

शुक्रबार बिहान पनि देउवा पक्ष आयोग पुगेको थियो । त्यसपछि अपराह्न सानेपामा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभापति खड्कासहितको समूह फेरि आयोगतिर हिँडेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।

कान्तिपुर

Link copied successfully