शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिइएको छ ।
ललितपुर — नेपाली कांग्रेसको नेतृत्व आधिकारिक रुपमा गगनकुमार थापाले पाएपछि शेरबहादुर देउवा पक्षले शनिबार बिहान ८ बजे बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ माघ ३ गते शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
