देउवा पक्षका नेताहरु विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत निर्वाचन आयोग पुगेका हुन् ।
काठमाडौँ — कांग्रेसका शेरबहादुर देउवा निकटका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोग स्रोतका अनुसार शुक्रबार बिहानै कांग्रेसका शेरबहादुर पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
देउवा पक्षका नेताहरु विमलेन्द्र निधी, रमेश रिजाल, श्याम घिमिरे, हरिशरण नेपाली, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत निर्वाचन आयोग पुगेका हुन् ।
पार्टीको पछिल्लो विकसित घटनाक्रमका विषयमा जानकारी गराउन आफूहरू आयोग पुगेको केन्द्रीय सदस्य हरिशरण नेपालीले जानकारी दिए।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा बिहीबार निर्वाचन आयोग पुगेका थिए । थापाले नयाँ नेतृत्वको कागजात अद्यावधिक गरिदिन निवेदन दिएका छन् ।
थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्नका लागि निर्वाचन आयोग पुगेको भोलिपल्टै देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगिसकेका छन् । उनीहरूले कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेट्न खोजेको आयोगको स्रोतले जानकारी दिएको छ ।
