बिहीबार आयोजित एक कार्यक्रममा चन्द र जेन–जी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहबीच चारबुँदे सहमति भएको छ ।
राजनीतिक निकासका लागि सहकार्य गर्ने प्रतिबद्धतासहित दुवै पक्षले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बिहीबार आयोजित एक कार्यक्रममा चन्द र जेन–जी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि सर्वपक्षीय सहमति जुटाउने र अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने उल्लेख छ । साथै, युवा पुस्ताको प्रतिनिधित्व गर्ने जेन–जी विद्रोहले अघि सारेका मागहरू पूरा गराउन पहल गर्ने विषय पनि सहमतिमा समेटिएको छ ।
यस्तै, जनचाहनाअनुसार संविधान संशोधन, राज्यको अग्रगामी पुनर्संरचना र स्थिर सरकारका लागि दबाब दिने तथा भ्रष्टाचार नियन्त्रणका लागि विशेष शक्तिशाली न्यायिक निकाय गठन गर्नुपर्ने विषयलाई मुख्य एजेन्डा बनाउने सहमति भएको छ ।
