केन्द्रीय समिति बैठक जारी रहेको छ।
काठमाडौँ — ललितपुरको कुपोन्डोलमा जारी विशेष महाधिवेशन पक्षधर कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ।
केन्द्रीय समिति बैठक जारी रहेको छ।
पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल हुने बताइएको छ । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अध्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोग जाने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको हो।
