रास्वपासहित नयाँ दलबारे सुमन सायमीको टिप्पणी - पुरानाभन्दा घातक हुन सक्छन्

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै नेता सायमीले क्षणिक स्टन्टबाजी, भीडले राम्रो गर्छ भन्ने आशा नगर्न पनि सबैलाई आग्रह गरे ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Suman Sayami's comments on new parties including the Rashtriya Swayamsevak Sangh (RSS) - They can be more dangerous than the old ones

काठमाडौँ — नेता सुमन सायमीले रास्वपालगायतका नयाँ दलहरुलाई भीडको संज्ञा दिएका छन् । 

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै नेता सायमीले क्षणिक स्टन्टबाजी, भीडले राम्रो गर्छ भन्ने आशा नगर्न पनि सबैलाई आग्रह गरे । 

उनले इतिहासले नयाँहरु पुरानाभन्दा पनि घातक हुन्छन् भन्ने चेतावनी दिएको उल्लेख गर्दै उनीहरुको भर पर्न नहुने बताए । सायमीले आफूहरु विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई ध्यानमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जिकिरसमेत गरे । 

उनले भने, ‘क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला । नयाँ भन्दैमा पुरानाभन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरु पुरानाभन्दा झनै धेरै खतरनाक हुन सक्छ । भीड सधैं सही हुँदैन । आकर्षक नाराले मुक्ति दिँदैन । हामी भावना, भीडले होइन, स्टन्टले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितको आधारमा निर्णय गर्न यहाँ आएका हौँ ।’

नेता सायमीले जनताको मुक्ति आफूहरुको चाहना भएको र त्यो नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने दाबी गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully