विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित हुने निश्चित

सभापतिमा उनको नाम मात्रै परेकाले केही छिनमा विशेष महाविधेशनबाट उनी निर्वाचित भएको घोषणा गर्ने तयारी छ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Gagan Thapa is certain to be elected as the president from the special general convention.

काठमाडौँ — नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुने निश्चित भएको छ ।

सभापतिमा उनको नाम मात्रै परेकाले केही छिनमा विशेष महाविधेशनबाट निर्वाचित भएको घोषणा गर्ने तयारी भएको छ । 

त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन हुने करिब निश्चित भएको छ भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निश्चित भएका हुन् ।

सहमहामन्त्री र अन्य सदस्यहरुमा आवश्यक भन्दा बढीको दाबी छ । सर्वसम्मत गराउने प्रयास भइरहेको नेता गुरुराज घिमिरले बताए ।

कान्तिपुर

Link copied successfully