महामन्त्रीद्वयलाई कारबाहीसँगै देउवा पक्षले थाल्यो कानुनी परामर्श

केन्द्रीय कार्यसमिति बैठक लगत्तै कानुनी कारबाहीको वैधता, विशेष महाधिवेशनको कानुनी प्रश्न र पार्टीको आगामी बाटोका बारेमा राय लिन देउवाले आफूनिकट कानुन व्यवसायीहरुलाई बोलाएका हुन् ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Deuba's side begins legal consultation with action against the two general secretaries

What you should know

काठमाडौँ — सानेपामा बसेको शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय सहितका नेताहरुलाई कारबाहीको निर्णय गरेसँगै कानुनी परामर्श पनि थालेको छ ।

कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपानेसहितका कानुन व्यवसायी सानेपा पुगेका छन् । केन्द्रीय कार्यसमिति बैठक लगत्तै कानुनी कारबाहीको वैधता, विशेष महाधिवेशनको कानुनी प्रश्न र पार्टीको आगामी बाटोका बारेमा राय लिन देउवाले आफूनिकट कानुन व्यवसायीहरुलाई बोलाएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । कारबाहीमा पर्ने सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर रहेका छन् ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

कान्तिपुर

Link copied successfully