केन्द्रीय निर्वाचन समितिले राति २ बजेदेखि ५ बजेसम्म मतदान गराउने गरी संशोधित तालिका प्रकाशन गरेको हो ।
काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ ।
महाधिवेशन केन्द्रीय निर्वाचन समितिले राति २ बजेदेखि ५ बजेसम्म मतदान गराउने गरी संशोधित तालिका प्रकाशन गरेको हो ।
नयाँ नेतृत्व चयनका लागि यसअघि बुधबार राति ८ बजेदेखि मतदानको समय तोकिएको थियो ।
निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो १० बजे, उम्मेदवारमाथि दाबी विरोध १०:३० बजेसम्म, उम्मेदवारमाथिको दाबी विरोधको छानबिन १०:४५ बजेसम्म र उम्मेदवारमाथिको दाबी विरोधको छानबिनपछि पुन:नामावली प्रकाशन ११ बजे, उम्मेदवार मनोनयन दर्ता फिर्ता ११:२० बजेसम्मा लागि तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सिताराम केसीले जानकारी दिए । यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११:३५ बजेका लागि तोकिएको निर्वाचन समितिका संयोजक केसीले जानकारी दिए ।
पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुनेछ ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
