कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्‍यो

संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको पृष्ठभूमिमा बैठक १ बजेको लागि सरेको हो ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting postponed again

काठमाडौँ — बिहान ८ बजेलाइ बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

सुरुमा ८ बजेको बैठक ११ बजे सारिएको थियो । संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरुबीच पार्टी एकताका लागि अनौपचारिक कुराकानी चलिरहेको पृष्ठभूमिमा बैठक १ बजेको लागि सरेको हो । 

सभापति शेरबहादुर देउवासँग आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफलसमेत सहमतिमा नपुगेपछि भृकुटीमण्डपमा जारी बिशेष महाधिवेशन पक्षधरहरुले निर्वाचनका कार्यक्रम अघि बढाएका छन् ।

देउवाले तीन महिनापछि आफू १५औँ महाधिवेशनबाट नेतृत्व छाड्न तयारै भएकाले अहिल्यै नेतृत्व छाड्ने विषयमा सहमति हुन नसकिने बताएपछि बिहान महामन्त्रीहरू वार्तास्थलबाट निस्किएका थिए।

कान्तिपुर

Link copied successfully