पार्टी जिल्ला इन्चार्ज उत्सव सी र सेक्रेटरी रूद्र सीले तीन–तीन जनाका दरले नौजनाको नाम केन्द्रीय कार्यालयमा संयुक्त रूपमा सिफारिस गरेका छन्।
What you should know
चितवन — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चितवनका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ।
पार्टी जिल्ला इन्चार्ज उत्सव सी र सेक्रेटरी रूद्र सीले बुधबार संयुक्त पत्र लेख्दै प्रत्येक क्षेत्रमा तीन–तीन जनाका दरले नौजनाको नाम कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरेका छन्।
क्षेत्र नम्बर १ बाट सिफारिस: अनिल शर्मा बिरही, लालसिंह थिङ (उत्सव) र गणेशबहादुर श्रेष्ठ
क्षेत्र नम्बर २ बाट सिफारिस: दर्शनाकुमारी शाही (सिसम), कृष्णबहादुर परियार र राजेन्द्रप्रसाद ढकाल
क्षेत्र नम्बर ३ बाट सिफारिस: राजुप्रसाद पौडेल (सन्देश), इश्वर पाण्डे (अटल) र डा.आशिकप्रसाद
