विशेष महाधिवेशनमा सम्बोधन गर्दै गगनले भने – ‘हामी सजिलै बहुमतमा छौं’

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरुसँग सजिलै बहुमत भएकाले आफूहरु आधिकारिक भएको दाबी गरेका छन् ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Addressing the special general convention, Gagan said – ‘We are easily in the majority’

काठमाडौँ — शेरबहादुर देउवा पक्षले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेलगत्तै महामन्त्री गगन थापाले आफूहरु सजिलैसँग बहुमतमा भएको दाबी गरेका छन् ।

भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरुसँग सजिलै बहुमत भएकाले आफूहरु आधिकारिक भएको दाबी गरेका छन् । उनले यसअघि आफूले पटक पटक केन्द्रीय कार्यसमितिमा परिवर्तनको कुरा उठाएको तर नसुनिएको दाबी पनि गरे ।

कान्तिपुर

Link copied successfully