अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।
काठमाडौँ — कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रले यसअघिको निर्वाचन समिति भंग गर्दै नयाँ निर्वाचन समिति गठन गरेको छ।
केन्द्रीय कार्यसमिति निर्माणका लागि अधिवक्ता सीताराम केसीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। उक्त निर्णय बन्दसत्रबाट पारित भएको हो।
भृकुटीमण्डपमा हिजोदेखि जारी बन्दसत्र अझै जारी छ। यसैबीच विशेष महाधिवेशन पक्षधर नेताहरूले लाजिम्पाटस्थित एक निवासमा संस्थापन पक्षका नेताहरूसँग वार्ता पनि निरन्तरता दिइरहेका छन्।
सम्बन्धित समाचार
