आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिन लागेका हुन् ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिन लागेका हुन् ।
शाहको सचिवालयका सुरेन्द्र बजगाईंका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गराउनुपर्ने भएकाले त्यसको दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।