नेकपाका २४९९ केन्द्रीय सदस्यले आज शपथ लिँदै

केन्द्रीय सदस्यहरूलाई भौतिक र भर्चुअल रुपमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

2,499 central members of the NCP taking oath today

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत १९ दल मिलेर बनेको नेकपाको केन्द्रीय समिति पहिलोपटक समायोजन हुन लागेको हो।

नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। केन्द्रीय सदस्यहरूलाई भौतिक र भर्चुअल रुपमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

कात्तिक तेस्रो साता माओवादी र एकीकृत समाजवादी लगायत दलको एकता भएपनि केन्द्रीय कमिटी समायोजन भएको थिएन । ठूलासाना दलहरू मिलाउँदै सबै दलका केन्द्रीय समिति सदस्य मिलाएर जम्बो केन्द्रीय समिति बनेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully