सभापतिले आजै महामन्त्रीसँग वार्ता गर्नुहुनेछ : मीन विश्वकर्मा

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

The Speaker will hold talks with the General Secretary today: Min Bishwakarma

काठमाडौँ — नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति शेरबहादुर देउवाले आजै महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका छन् ।

देउवा निवासको छलफलबाट बाहिरिँदै उनले भने, 'सभापतिले आजै महामन्त्रीसँग वार्ता गर्नुहुनेछ ।'

भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनमा आज बन्दसत्र जारी छ । सभापति शेरबहादुर देउवाले भने यसबीचमा आफूनिकट नेताहरुसँग निवासमै छलफल सुरु गरेका छन् ।

अहिले पनि देउवा निवासमा जारी छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, जीवन परियार, बद्री पाण्डे, मोहन बस्नेत, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेताहरू सहभागी छन् ।

कान्तिपुर

Link copied successfully