कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता कार्यकर्ता सहभागी छैनन् ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

The closed session of the Congress special general convention begins

काठमाडौँ — भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।

बिहान १० बजेबाट बन्द सत्र सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरुको दर्ता नसकिएकाले बन्दसत्रको समय पछि सरेको हो । 'प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण केही समय ढिलो भयो,' प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले भने, 'भरखरै बन्दसत्र सुरु भएको छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully