प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण बन्द सत्रमा ढिलाइ भइरहेको प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए।
काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिको संख्या २८ सय नाघेको छ। सोमबार पनि थप दुई सय जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन्।
प्रतिनिधिको नाम दर्ता नै पूरा नभएका कारण बन्द सत्रमा ढिलाइ भइरहेको प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए। 'बिहानमात्रै २ सय जना प्रतिनिधिहरूले नाम दर्ता गराइसक्नुभएको छ। अझै पनि नाम दर्ता भइरहेको छ,' उनले भने ।
आइतबार उद्घाटन सत्र चल्दा साँझसम्म दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए।
