जसपा र लोसपा एकीकरणपछि अध्यक्ष उपेन्द्र यादव पुगे निर्वाचन आयोग

आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Chairman Upendra Yadav reaches Election Commission after merger of JSP and LOSPA

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एकीकरणपछि अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन्।

दुवै पार्टीबाट बुझाइएको समानुपातिकतर्फको बन्द सूचीका नाम फिर्ताका लागि उनीहरूले निवेदन दिएका छन्।

आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियव । 

एकीकरणपछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता रहनेछ। अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहनेछन्।

कान्तिपुर

Link copied successfully