यो मुलुक युवाशक्तिले सञ्चालन गर्नेछ : तीर्थ थापा

थापाले कांग्रेसभित्र रुपान्तरण अभियानलाई अगाडि बढाउनेहरूलाई धन्यवाद दिँदै महाधिवेशनबाट नयाँ नेतृत्व आउनेमा आफूहरू आशावादी रहेको बताए ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

This country will be run by youth power: Tirtha Thapa

काठमाडौँ — नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थ थापाले कांग्रेसको विशेष महाधिवेशनले मुलुकलाई नयाँ दिशातर्फ लैजान प्रेरित गर्ने बताएका छन् ।

उनले कांग्रेसभित्र रुपान्तरण अभियानलाई अगाडि बढाउनेहरूलाई धन्यवाद दिँदै महाधिवेशनबाट नयाँ नेतृत्व आउनेमा आफूहरू आशावादी रहेको बताए । 

उनले भने, ‘यो महाधिवेशनले पक्कै पनि नेतृत्व परिवर्तन गर्नेछ । र यो मुलुक युवाशक्तिले सञ्चालन गर्नेछ ।’

कान्तिपुर

Link copied successfully