कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 

महामन्त्रीद्वयको आव्हानमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेपछि संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting underway

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिलाई बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

महामन्त्रीद्वयको आव्हानमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढेपछि संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक  बोलाएको हो । 

कान्तिपुर

Link copied successfully