विधान कार्यान्वयन गर्दा पार्टी फुट्छ भनेर हल्ला फैलाइएको छ : महामन्त्री थापा

उनले नियमित महाधिवेशन पक्षधरहरूले विधानको अपव्याख्या गरेर विशेष महाधिवेशनलाई गलत भन्ने तर्क पुष्टि गर्ने काम भइरहेको बताए।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Rumors have been spread that the party will split when implementing the statute: General Secretary Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा सहमतीको विषयमा कुरा हुन नसकेको बताएका छन्।

महामन्त्री थापाले विशेष महाधिवेशन पार्टीको विधान अनुसार भएको भन्दै भदौ २३ र २४ गते देशमा केही पनि भएको थिएन भन्ने सोचेर अघि बढ्ने हो कि त्यो दिन केही भएको थियो भन्नेबारे पार्टीले सोच्नुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकेर निस्केपछि संचारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशनको अर्थ किन हो भनेर बुझाउन खोजे ।

उनले नियमित महाधिवेशन पक्षधरहरूले विधानको अपव्याख्या गरेर विशेष महाधिवेशनलाई गलत भन्ने तर्क पुष्टि गर्ने काम भइरहेको बताए। उनले भने, 'यो महाधिवेशन प्रतिनिधिहरूले हक स्थापित गर्ने काम हो।' उनले अवस्था संवेदनशील भएकाले विशेष महाधिवेशनको माग गरिरहेको बताउँदै भदौ २३ र २४ पछिको अवस्थाबारे बुझ्न नखोज्ने काम भइरहेको बताए। उनले जेन-जी विद्रोहबारे बुझाउँदै त्यो असन्तुष्टिलाई एकथरीले स्वीकार्न तयार नभइरहेको बताए। उनले भने, 'नीति पनि फेरौं। नेतृत्व पनि फेरौं।' विधानको कार्यान्वयन गर्दा पार्टी फुट्छ भनेर हल्ला फैलाइएको पनि उनले बताए।

उनले पार्टी फुट्छ भनेर विशेष महाधिवेशनमा आउनेहरूलाई 'नआउनुस' भनेर केही मान्छे लागेको बताए। उनले नागरिकसँग पार्टी जोड्ने अभियान आफूहरूले सुरु गरेको भन्दै पार्टी फुटाउन लागेको भन्ने हल्ला मात्रै भएको बताए।

कान्तिपुर

Link copied successfully