चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई राप्रपाको निम्तो

राप्रपा नेताहरु बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई निम्तो दिएका हुन् ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

RPP invites Prime Minister Karki to attend tea party

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वीजयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको छ ।

राप्रपा नेताहरु बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई निम्तो दिएका हुन् । 

‘पुस २७ गते पृथ्वीजयन्तीको चियापान समारोहको निम्तो दियौं । प्रधानमन्त्रीले निम्तो स्वीकार गर्दै आउँछु, भन्नुभयो,' नेता मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले यसअघि विभिन्न राजनीतिक दलका नेतृत्वलाई निम्तो दिएको थियो । 

प्रधानमन्त्रीलाई निम्तो दिन अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता बालुवाटार गएका थिए । 

कान्तिपुर

Link copied successfully